जङ्गल सफारी बन्द गरिने

cp new add
Nisharg hospital

चितवन राष्ट्रिय निकुञ्जले निकुञ्जभित्र गरिने पर्यटकीय गतिविधि यही असार १ गतेदेखि बन्द गर्नेभएको छ। निकुञ्जभित्र गरिने जङ्गल सफारी, जङ्गल वाकलगायत गतिविधि बन्द गर्न लागिएको हो।

Nast Ad

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार मनसुन सुरु भएसँगै निकुञ्जभित्रका कच्ची वनपथ बिग्रने, जङ्गलमा भएका स–साना खोला खोल्सामा बाढी आउने तथा रुख लडेर बाटो बन्द हुन सक्ने भएकाले गतिविधिमा रोक लगाइएको हो।

उनले भने, ‘अर्को सूचना जारी नभएसम्मका लागि पर्यटकीय गतिविधि बन्द गरिएको छ।’ निकुञ्जले हरेक वर्ष वर्षाको समयमा यस्ता गतिविधि बन्द गर्ने गर्दछ। योसँगै राप्ती नदीमा गरिने डुङ्गा सफारी बन्द गरिएको उनले बताए। वर्षाको समयमा डुङ्गा सफारी गर्दा जोखिम हुने भएकाले यसलाई बन्द गरिएको हो।

निकुञ्जभित्र हुने पर्यटकीय गतिविधिबाट यस आर्थिक वर्षको वैशाखसम्म आठ करोड १७ लाख ८३ हजार राजस्व सङ्कलन गरेको छ।

यस समयमा एक लाख ५९ हजार आठ सय ८१ पर्यटकले निकुञ्जको भ्रमण गरेका थिए। उनीहरूमध्ये एक लाख ३६ हजार पाँच सय २२ नेपाली, १० हजार नौ सय ३४ सार्क देशका र १२ हजार चार सय २५ अन्य देशका रहेको निकुञ्जले जनाएको छ।

त्यही अवधिमा निकुञ्जभित्र दुई करोड ४१ लाख ४० हजार पटक जङ्गलमा जीप सफारी गरिएको छ। निकुञ्जको मुख्य आम्दानी पर्यटकबाट हुने जङ्गल सफारी रहेको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...