धनगढीबाट २२ बोरा तस्करीको चिनीसहित एक जना पक्राउ

Rojgar mela

३० भदौ, धनगढी । कैलाली प्रहरीले भारतबाट भन्सार छलेर अवैध रुपमा ल्याइरहेको अवस्थामा २२ बोरा चिनी बरामद गरेको छ । धनगढी उपमहानगरपालिका–९ बाङ्ग्रा कटानबाट बुधबार राति अटो रिक्सामा ल्याउदै गरेको अवस्थामा चिनी बरामद गरिएको प्रहरीले जनाएको छ ।

Nisharg hospital

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले सु.प.प्र.०१–००१स ४९३१ नम्बरको अटोमा चालक धनगढीकै ४९ वर्षीय भानबहादुर ठकुल्लालाई समेत पक्राउ गरिएको जानकारी दिए ।

उनको साथबाट तीन प्याकेट चकलेट समेत बरामद गरिएको छ । अवैध चिनीसहित बरामद गरिएको अटो रिक्सा, चालक र सामान आवश्यक कारबाहीका कैलाली भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...