चरेश तस्करी गरेको आरोपमा तीन महिला पक्राउ

Nisharg hospital

३० भदौ, वीरगञ्ज । प्रहरीले लागुऔषध चरेशको ओसार प्रसारमा संलग्न भएको आरोपमा तीन जना महिलालाई पक्राउ गरेको छ । पर्साबाट चरेश ओसार प्रसारमा संलग्न रहेको आरोपमा तीन जना महिलालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाउँपालिका–८ बस्ने ४२ वर्षीय कल्पना मोक्तान, ३६ वर्षीय कवितामाया बल र २३ वर्षीय रीता विश्वकर्मा छन् । रीताको साथमा दुधे बच्चा पनि रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

कल्पना र कवितामायाको साथबाट १३ किलो ८ सय ग्राम चरेश फेला परेको र रीता पनि सोही समूहको भएकोले पक्राउ गरिएको दावी प्रहरीको छ ।

कल्पनाको साथबाट ८ किलो ६ सय ९० ग्राम कवितामायाको साथबाट ५ किलो १ सय १० ग्राम गरी १३ किलो ८ सय ग्राम लागु औषध चरेश फेला परेको प्रहरीको भनाई छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...