त्यसैले अहिलेसम्म मेराे विहे भएन

Nisharg hospital
krishi add

धनगढी । पढ्दा पढ्दै जिन्दगी बित्यो । जागिरमा चढ्दा चढ्दै जिन्दगी बित्यो । पढुन्जेल चढुन्जेल मन अन्त कतै गएन ।

त्यसैले त अहिलेसम्म मेरो विहे भएन । बिहेको कति कति कुरो नआएको होइन। सुन्दरीहरूले इन्स्टाग्राममा नधाएको होइन ।

पढाइ-चढाइको घमन्डमा त्यस्तो कुरोले छोएन ।त्यसैले त अहिलेसम्म मेरो बिहे भएन । हेर्दा हेर्दै अब त उमेर चालिस पो कटेछु । झल्याँस्स भई पारिवारिक सुख मोह खोजेछु ।

swostik

लाउँलाउँ खाउँखाउँ भन्ने यौवन-जोश अब रहेन ।त्यसैले त अहिलेसम्म मेरो बिहे भएन । अब त बुढी कन्याको मात्र कुरा आउँछ । उमेर कटेकीले कसरी पो सन्तान पाउँछ ।

सन्तान विनाको बिहे गर्न यो मनले खाएन ।
त्यसैले त अहिलेसम्म मेरो बिहे भएन । पत्याउलान् कि कोहीले भनी ब्यूटीसैलून गएँ ।
चाउरिएको तन्काएर जवान जस्तो भएँ ।

जति छोप्न खोजे पनि तालु छोपिएन । त्यसैले त अहिलेसम्म मेरो बिहे भएन । तरुनीहरू तरुनो र पुरुषत्व खोज्छन् ।

धेरै पढाइ ठुलो पद किन पो रोज्छन् । ढल्कँदो उमेरमा कुनै ठिटीले भाउनै दिएन । त्यसैले त अहिलेसम्म मेरो बिहे भएन ।

पढाइमा पढ्दा पढ्दै जिन्दगी बित्यो। जागिरमा चढ्दा चढ्दै जिन्दगी बित्यो । पढुन्जेल चढुन्जेल मन अन्त कतै गएन । त्यसैले त अहिलेसम्म मेरो बिहे भएन ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...