रास्वपा सुदूरपश्चिमको नेतृत्व चयनका लागि रातभर मतदान, गणना सकेर आजै दोस्रो चरणको मतदान

cp new add
Nisharg hospital

धनगढी। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेशको नयाँ नेतृत्व चयनका लागि सोमबार राति ९ बजेदेखि सुरु भएको मतदान अन्तिम चरणमा पुगेको छ।

Nast Ad

सभापतिसहित १६ भूगोल तथा १५ खुला र समावेशी सदस्य चयनका लागि भइरहेको मतदान सकिएलगत्तै मंगलबार नै मतगणना गर्ने तयारी गरिएको निर्वाचन समितिले जनाएको छ।

प्रदेश सभापतिमा निवर्तमान सभापति इन्जिनियर प्रकाश विष्ट र प्रतिनिधिसभा सदस्य जनकसिंह धामी प्रतिस्पर्धामा छन्। सभापतिमा निर्वाचित हुन कुल सदर मतको ५१ प्रतिशत मत प्राप्त गर्नुपर्ने व्यवस्था छ।

सभापति, भूगोल, खुला र समावेशी सदस्यहरूको मतगणना सम्पन्न भएपछि मंगलबार नै दोस्रो चरणको निर्वाचन गर्ने तयारी पनि गरिएको छ।

पहिलो चरणमै सभापति निर्वाचित भए उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा कार्यसमिति सदस्य पदका लागि दोस्रो चरणमा मतदान हुनेछ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...