बुहारीमाथि जबरजस्ती करणी प्रयास गर्ने ससुराविरुद्ध जाहेरी

cp new add
Nisharg hospital

३१ भदौ, धनगढी । बैतडीमा बुहारीमाथि जबरजस्ती करणीको प्रयास गरेर ससुरा फरार भएको घटना बाहिरिएको छ। बैतडी जिल्लाको सिगास गाउँपालिकाका ४८ वर्षीय पुरुषमाथी जवरजस्ती करणी प्रयासको आरोप लागेको हो।

Nast Ad

बुहारी नाता पर्ने २३ वर्षीया महिलाले आफुमाथिे जबरजस्ती करणी गर्ने प्रयास गरेको आरोप लगाएकी हुन्। भदौ १९ गते राति अन्दाजी १० बजेको समयमा ढोका फुटाएर आफुमाथि जबरजस्ती गर्ने प्रयास गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा महिलाले उजुरी दर्ता गराएकी छन्।

रातिको समयमा सुत्ने कोठामै आएर आफुमाथि हातपात गरेको र बलात्कारको प्रयास गरेको जाहेरीमा उल्लेख गरेकि छन् । जागीरको सिलसिलामा भारत रहेका श्रीमानलाई घर बोलाएर प्रहरीमा निवेदन दिएको उनले बताइन्। जिल्ला प्रहरी कार्यालय बैतडीले बुधबार जाहेरी परेको घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...