भारतीय राजदूतले भने-सत्ता गठबन्धन परिवर्तन नेपालको आन्तरिक मामिला हो, हामीलाई केही फरक पर्दैन

cp new add
Nisharg hospital

काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले हालै भएको सत्ता समीकरणको परिवर्तन नेपालको आन्तरिक मामिला भएको बताएका छन् ।

नवनियुक्त अर्थमन्त्री वर्षमान पुन अनन्तसँग बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा भएको शिष्टाचार भेटमा राजदूत श्रीवास्तवले सत्ता समीकरणबाट भारतले नेपालप्रतिको धारणामा परिवर्तन नगर्ने स्पष्ट गरे ।

‘सत्ता समीकरणमा भएको फेरबदल नेपालको आन्तरिक मामिला हो’, उनले भने, ‘यही कारण भारतको नेपालप्रतिको दृष्टिकोणमा कुनै फेरबदल नआउने भारत सरकारको सन्देश रहेको जानकारी गराउन चाहन्छु ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग डेढ वर्षदेखि जारी सहकार्य सन्तोषजनक रहेको भन्दै उनले आगामी दिनमा पनि विश्वासका साथ काम गर्ने प्रतिबद्धता जनाए ।

श्रीवास्तवले नेपाल-भारतबीच सम्बन्ध मौलिक रहेको चर्चा गरे । उनले सम्बन्ध विगतमा जस्तै असल रहने प्रतिवद्धता जनाउँदै आपसी विश्वासका साथ सहयोग र लगानीका निरन्तर काम गर्ने पनि बताए ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...