कानून विद्यार्थी संघ सुदूरपश्चिमले भन्यो– सरकारले चोलेन्द्रलाई रोक्नु निन्दनीय

cp new add
Nisharg hospital

२ असोज, धनगढी । कानून विद्यार्थी संघ सुदूरपश्चिमले सरकारले निलम्बीत प्रधानन्यायाधिश चोलेन्द्रशमशेर जबरालाई सर्वोच्च अदालत जानबाट रोकेर निन्दनीय व्यवहार प्रर्दशन गरेको जनाएको छ ।

Nast Ad

संघका प्रदेश अध्यक्ष टेकसिंह धामीले आइतबार विज्ञप्ती जारी गर्दै प्रतिनिधिसभाको कार्यकाल सकिएको अवस्थामा प्रधानन्यायधिशमाथिको महाअभियोग निष्क्रीय भइसकेको अवस्थामा जबरालाई अदालत प्रवेश गर्न नदिएर सरकारले अस्वभाविक व्यवहार प्रर्दशन गरेको बताएका छन् ।

प्रधानन्यायाधिश जबराले सर्वोच्च अदालत प्रवेश गर्दा रोकेप्रती ध्यानाकर्षण भएको जनाउदै धामीद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘संविधानको धारा १११ को उपधारा (१०) अनुसार महाअभियोय निष्क्रीय भइसकेको अवस्थामा प्रधानन्यायाधिशले सर्वोच्च फर्कन पाउनुपर्छ । यसले सरकार र न्याय प्रणाली दुवैको गरिमा उचो बनाउछ ।’

प्रधानन्यायाधिशलाई रोक्न सरकारले राज्य संयन्त्रको दुरुपयोग गरेको संघको ठहर छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...