मानवअधिकार आयोगको टोली पुग्यो जबरा निवास

Nisharg hospital
Airth Mantralaye

२ असोज, काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगको टोली निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको निवासमा पुगेको छ ।

pradesh helath nirdesanalaye
gauriganga

जबराले सञ्चारमाध्यमहरु मार्फत आफूलाई नजरबन्दमा राखेको बताएपछि मानवअधिकार आयोगले अनुगमनका लागि सहसचिवको नेतृत्वमा टोली पठाएको हो । आयोगका प्रवक्ता टीकाराम पोखरेलले सर्वोच्च अदालत र जबराको निवासमा टोली गएको पुष्टि गरे ।

Dhangadhi bidhut

मानवअधिकार आयोगकी सदस्य लिली थापाका अनुसार जबरालाई नजरबन्दमा राखिएको समाचार आएपछि आयोगका सहसचिव डा. टीकाराम पोखरेलको नेतृत्वमा आयोगले अनुगमनका लागि टोली पठाएको बताईन ।

थापाका अनुसार टोलीले सर्वोच्च र जबरा निवासमा पुगेर अनुगमन सुरु गरेको हो । अनुगमन टोली फर्किएपछि जबराको अवस्थाबारे आयोगले धारणा सार्वजनिक गर्ने पनि थापाले बताइन् ।

१ फागुन २०७८ मा महाअभियोग दर्ता भएपछि प्रधानन्यायाधीश जबरा निलम्बनमा परेका थिए । महाभियोगबारे निर्णय नगरी १ असोजको मध्यरातबाट प्रतिनिधिसभा सदस्यहरुको कार्यकाल सकिएपछि जबराले सर्वोच्चमा फर्किने भन्दै प्रशासनमा खबर पठाएका थिए ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...