टुकुचा खोला खोज्दै महानगर पुग्यो हात्तीसार क्षेत्रमा

Nisharg hospital
Navjiwan hospital adv

२ असोज, काठमाडौं ।  काठमाडौंको हात्तीसारस्थित सिद्धार्थ बैंक पछाडि टुकुचा खोला उत्खनन सुरु भएको छ ।
महानगरपालिकाको डोजर सहितको टोली केहीबेर अघि हात्तीसार पुगेको थियो । उक्त क्षेत्रमा डोजर चलिरहेको छ तर खोला भने अहिले सम्म भेटिएको छैन ।
टुकुचा खोला अतिक्रमण गरेको भन्दै महानगरले केही दिनदेखि सो क्षेत्रमा डोजर चलाइरहेको छ ।
बिहीबार महानगरले जय नेपाल हलको प्राङ्गणबाटै टुकुचा खोला खोज्न उत्खनन सुरु गरेको थियो । शनिबार कमलादीस्थित लक्ष्मी बैंकको कम्पाउण्डमा पनि महानगरले उत्खनन गरेको हो ।

याे पनि हेर्नुस्
Loading...