केपी ओलीले भने– चोलेन्द्रलाई सत्तापक्षले नै सफाइ दियो, घर घेर्नु गैरजिम्मेवार

Seti
arth ok

२ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निलम्बित प्रधानन्यायाधीश  चोलेन्द्रशमशेर जबराले सफाइ पाइसकेको दाबी गरेका छन् । संसदको कार्यकाल सकिएसँगै महाअभियोग स्वतः निस्फल भएको बताउदै ओलीले प्रधानन्यायाधीशलाई प्रहरी घेरामा राख्नु गैरजिम्मेवार क्रियाकलाप भएको दाबी गरेका हुन् ।

Nisharg hospital

महाअभियोग प्रस्ताव टुंगो नलगाई प्रतिनिधिसभा सदस्यहरुको कार्यालय शनिबार मध्यरातमा सकिएपछि जबराले आइतबार सर्वोच्च अदालत फर्किन खोजेका थिए । प्रहरीले निवासमै कडा सुरक्षा घेरा दिएपछि उनी अदालत गएनन् ।

एमाले अध्यक्ष ओलीले भने यो घटनालाई अदालतमाथि भएको हस्तक्षेप भनेका छन् । सोमबार पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले महाअभियोग प्रस्ताव दर्ता भएपछि पास वा फेल हुनुपर्ने बताए ।

HPV

तर सभामुखले सत्तापक्षको स्वार्थअनुसार ६ महिनासम्म अड्काएर राखेको भन्दै उनले भने, ‘हिजो संसदको अधिवेशन मात्र सकिएन, संसदको कार्यकाल नै सकियो । त्यो महाभियोग प्रस्ताव पारित भएन ।’

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...