कैलालीका प्रमुख जिल्ला अधिकारी थापाद्वारा बाढी प्रभावितलाई त्रिपाल वितरण

Nisharg hospital

२ असोज, धनगढी । कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले बाढी प्रभावितहरुलाई त्रिपाल वितरण गरेका छन् । नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा थापाले टीकापुर नगरपालिका र भजनी नगरपालिका क्षेत्रका बाढी प्रभावितलाई त्रिपाल वितरण गरेका हुन् ।

swostik

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले प्रजिअ थापाले सोमबार प्रभावित क्षेत्रमै पुगेर त्रिपाल हस्तान्तरण गरेको जानकारी दिए । उनकाअनुसार टीकापुर नगरपालिका–७ मा ४५ र भजनी नगरपालिका–८ मा ४५ त्रिपाल वितरण गरिएको छ ।

शुक्रबारदेखि परेको अविरल वर्षापछि आएको बाढीले पूर्वी कैलालीमा झण्डै १५ सय घर डुबानमा परेका थिए भने करीब पाँच हजार मानिस प्रभावित बनेका थिए । अहिले अवस्था समान्य हुन थालेपछि विस्थापितहरु घर फर्किने क्रम सुरु भएको छ ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...