कैलाली कारागारबाट हत्या अभियोगमा सजाय पाएका चारसहित ८ जना कैदी छुटे

Dhangadhi

३ असोज, धनगढी । कैलाली कारागारमा विभिन्न अभियोगमा कैद सजाय भोगिरहेका ८ जना कैदी कैदमुक्त भएका छन् ।

Nisharg hospital

संविधान दिवसको अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले हत्या अभियोग(कर्तव्य ज्यान मुद्दा) मा कैद सजाय पाएका चारसहित ८ जनाको बाँकी कैद कट्टा गरेपछि उनीहरु छुटेका हुन् ।

add krishi mela

कैलाली कारागारका जेलर नरबहादुर थापाले हत्या अभियोगमा २० वर्ष जेल सजाय भएका स्थायी घर पर्वत भएर धनगढीको फूलबारीमा बस्दै आएका रामबहादुर खत्री, डोटीको पूर्वीचौकी गाउँपालिका–१ का नृप साउद, बाँकेको नैनारापुरका केशव जाखा र कैलालीको जोशीपुर गाउँपालिका–४ का विशाल चौधरी बाँकी कैद मिनाह भएपछि छुटेको जानकारी दिए । उनीहरु चारै जनाले ९ वर्ष कैद सजाय काटिसकेका थिए ।

ok

उनकाअनुसार ज्यान मार्ने उद्योगमा कैद सजाय भोगिरहेका जानकी गाउँपालिका–१ का धनबहादुर शाही, गौरीगंगा नगरपालिका–८ का त्रिभुवन चन्द, सवारी ज्यान उद्योगका सुवास थापा र चुरे गाउँपालिका–३ का दिपक अधिकारी पनि छुटेका छन् ।

उनीहरु मध्ये ज्यान मार्ने उद्योगका चन्द र शाहीले पाँच–पाँच वर्ष कैद सजाय भएकोमा ४० प्रतिशत भुक्तान गरिसकेका थिए भने सवारी ज्यानका थापा र अधिकारीलाई तीन–तीन वर्ष कैद सजाय भएकोमा उनीहरुले पनि आधा कैद मिनाह गरिएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...