कञ्चनपुरबाट युवक बेपत्ता

Nisharg hospital

३ असोज, धनगढी । कञ्चनपुरबाट युवक बेपत्ता भएका छन् । वेदकोट नगरपालिका–९ को लालपुर बस्ने १७ वर्षीय बिपुल जोशी आइतबार बिहानदेखि बेपत्ता भएको पारिवारीक स्रोतले जनाएको छ ।

मानसिक स्वास्थ्य ठीक नभएका जोशी आइतबार बिहान घरबाटै हराएको उनका मामा चक्रप्रसाद पन्तले बताए । जोशीले आफ्नो आमाको मोबाइल साथमा बोकेको भएपनि स्वीच अफ गरेका कारण सम्पर्क नभएको बताउदै पन्तले भेटाउने व्यक्तिलाई सम्पर्क गरिदिन आग्रह गरे ।

Navjiwan hospital adv

उनले जोशीलाई कही कतै भेटाउने व्यक्तिलाई नजिकको प्रहरी चौकी वा ९८४२८४६१५६, ९८४८७५४१४२ र ९७४२८४६१५६ नम्बरमा सम्पर्क गरेर सहयोग गरिदिन आग्रह गरेका छन् ।

याे पनि हेर्नुस्
Loading...