मुख्यमन्त्रीमा दाबी पेश गरेका नाउपाका लक्ष्यमणकिशाेरले मागे प्रदेश प्रमुखसँग कागजपत्र

cp new add
Nisharg hospital

धनगढी । सुदूरपश्चिमकाे मुख्यमन्त्रीमा दाबी पेश गरेका नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशाेर चाैधरीले प्रदेश प्रमुखलाई भेटेका छन्  ।

कांग्रेस र एकीकृत समाजवादीकाे समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका चाैधरीले एकीकृत समाजवादीले समर्थन नरहेकाे पत्र बुझाएपछि प्रमुख नजिर मियाँलाई निवासमै पुगेर भेटेका हुन् ।

चाैधरीले प्रदेश प्रमुखलाई भेटेर आफूले दाबी पेश गर्दा बुझाएको कागजपत्रकाे प्रतिलिपि माग गरेकाे बताए ।

“उहाँ(प्रदेश प्रमुख) ले समय बढाउने भएपछि मैले मुख्यमन्त्रीमा दाबि पेश गर्दा पेश गरेका कागजपत्रकाे प्रतिलिपि मागेकाे छु,” चाैधरीले भने, “प्रदेशलाई जबरजस्ती संविधानमा भएकाे व्यवस्था विपरीत लैजाने काम भएकाे छ । कानुनी उपचार खाेजिन्छ ।”

चाैधरीले प्रदेश प्रमुखकाे कदमअनुसार आवश्यक निर्णय लिइने बताएका छन् । २ बैशाखमा कांग्रेस र एकीकृत समाजवादीकाे समर्थनमा चाैधरीले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।

तर नाउपाकै क‌ैलाश चाैधरीले पनि एमाले-माओवादीकाे समर्थनमा दाबी पेश गरेका थिए । साेही कारण प्रदेश प्रमुखले कुनै निर्णय लिएका थिएनन् ।

तर केन्द्रमा नेताहरूबीच समाजवादी पार्टीलाई मुख्यमन्त्री दिने सहमति भएपछि संसदीय दलका नेता दीर्घ साेडारीले प्रदेश प्रमुखलाई पत्र बुझाउदै लक्ष्मणकिशाेरलाई समर्थन नरहेकाे बताएका थिए ।

प्रदेश प्रमुखले दुवैकाे दाबी नपुगेकाे भन्दै सरकार गठनका लागि पुन: आह्वान गर्ने तयारी गरेका छन् ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...