संविधान दिवस र डा.केसीको जीवन रक्षाको माग गर्दै हेप्पीनेसद्वारा दीप प्रज्वलन

cp new add
Nisharg hospital
suchana
Nast new

३ असोज, धनगढी । संविधान दिवस र अनसनरत डाक्टर गोविन्द केसीको जीवन रक्षाको माग गर्दै हेल्प फर हेप्पीनेस सुदूरपश्चिमले दीप प्रज्वलन गरेको छ ।

सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीस्थित ट्राफिक चौराहमा सोमबार साँझ दीप प्रज्वलन गरेको हो । हेप्पीनेसले संविधान निर्माणका लागि आफ्नो प्राणको आहुती दिने सहिदहरुका नाममा मौन धारणा गर्दै श्रद्धाञ्जली समेत अर्पण गरेको छ ।

सेती प्रादेशिक अस्पतालमा उपचाररत अनसनरत डाक्टर गोविन्द केसीले उठाएका माग सम्बोधन गर्दै उनको जीवन रक्षा गर्न सरकारसँग माग समेत गरिएको छ ।

दीप प्रज्वलन कार्यक्रममा हेल्प फर हेप्पीनेस सुदूरपश्चिमका संयोजक घनश्याम भण्डारी, सहसंयोजक प्रिंयका अग्रवाल, भेटेरीनरी टीमका संयोजक राधाकृष्ण खडायत, अग्रीकल्चर टीमका सदस्य भीम विष्ट, मेडिकल टीमकी सदस्य अस्मिता भट्ट लगायतको उपस्थिती रहेको थियो ।

 

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...