बाजुरा जिल्लाको सदरमुकाममा खानेपानीको अभाव

cp new add
Nisharg hospital

बाजुरा- जिल्ला सदरमुकाम मार्तडीमा खानेपानीको चरम अभाव भएको छ ।

लामो समयदेखिको खडेरीका कारण पानीको मुहान सुक्दा खानेपानी अभाव भएको बताइएको छ । स्थानीयले एक सातादेखि खानेपानीको अभाव भएको बताएका छन् ।

पालिकाबाट खानेपानीका लागि बजेट व्यवस्थापन गरिए पनि मार्तडी बृहत् खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले नियमित रूपमा खानेपानी सञ्चालन गर्न नसकेको आरोप बडीमालिका नगरपालिकाको छ ।

प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसीले सदरमुकाम मार्तडीमा यत्रतत्र पाइपलाइन छरिएका तथा काटिएको अवस्थामा रहेका र यसको व्यवस्थापन गर्न नसक्नु उपभोक्ता समितिको कमजोरी रहेको बताए ।

खानेपानी व्यवस्थापक कर्णबहादुर रावलले सुक्खा खडेरीले मुहान सुक्दै गएपछि बेलुका र बिहान एक/एक पटक सबैलाई पानी दिने गरेको बताए । उनले समितिले वैकल्पिक स्रोतको पनि खोजी थालेको बताए । सदरमुकाम मार्तडीमा ५५५ वटा धारा छन् ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...