५ असोज, धनगढी । धनगढीमा एक जना मृत अवस्थामा भेटिएका छन् ।
कैलाली कारागार कैलाली पछाडि धनगढी उपमहानगरपालिका–स्थित कञ्चनपुरको कृष्णनगरपालिका ८ का ७४ वर्षीय धनसिंह जेठारा मृत भेटिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले छोरीको घर आएका उनी मंगलबार साँझ बाहिर निस्किएका थिए ।
अबेरसम्म नफर्किएपछि खोजी गर्दै जादा बुधबार बिहान मृत भेटिएको जोशीले बताए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।