कैलालीमा २५ वर्षीय युवक मृत भेटिए

Nisharg hospital
krishi add

५ असोज, धनगढी । कैलालीमा युवक मृत फेला परेका छन् । जिल्लाको गोदावरी नगरपालिका–१२ को शान्तिनगरमा २५ वर्षीय मदन बडेला मृत भेटिएको प्रहरीले जनाएको छ ।

swostik

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता (डीएसपी) वेदप्रकाश जोशीले बडेला बुधबार बिहान आफ्नै घरको आगनमा मृत अवस्थामा भेटिएको जानकारी दिए । उनको टाउको र खुट्टामा चोट देखिएपछि हत्या आशंकामा अनुसन्धान अघि बढाइएको जोशीले बताए ।

उनकाअनुसार अनुसन्धानमा तालिम प्राप्त कुकुरको समेत प्रयोग गरिएको छ । अहिले मृतकको शव परीक्षणका लागि घटनास्थलबाट अस्पतालतर्फ ल्याइरहेको प्रहरीले जनाएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...