डेंगू सङ्क्रमणबाट बागमती प्रदेशमा ११ जनाको मृत्यु

kmc

५ असोज, मकवानपुर । बागमती प्रदेशमा डेंगू सङ्क्रमणबाट ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय बागमती प्रदेशको तथ्याङ्क अनुसार उक्त सङ्क्रमणका कारण मकवानपुरसहित अन्य छ जिल्लामा गरी ११ जनाको मृत्यु भएको हो ।

suklaphata

स्वास्थ्य निर्देशनालय बागमती प्रदेशका प्रमुख महेश्वर श्रेष्ठले डेँङ्गुबाट काठमाडौँमा चार, ललितपुरमा २ सिन्धुपाल्चोकमा २ मकवानपुरका १ सिन्धुलीमा १ जना र धादिङमा १ जनाको मृत्यु भएको जानकारी दिए ।

यसैगरी प्रदेशमा हालसम्म १३ हजार तीन सय ७५ जना डेँगु बिरामी फेला परेको छन् । सबैभन्दा धेरै ललितपुर जिल्लामा ४ हजार आठ सय ७८ मा डेँङ्गुका बिरामी फेला परेका छन् ।

यसैगरी, काठमाडौँमा चार हजार ६ सय ७४, मकवानपुरमा एक हजार आउ सय १०, भक्तपुरमा सात सय १३, चितवनमा चार सय २९ र धादिङमा तीन सय ९९ जना डेँङ्गुको बिरामी फेला परेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...