एमाले सुदूरपश्चिमका प्रमुख सचेतक भट्टद्वारा सरकारी गाडी फिर्ता

Nisharg hospital

५ असोज, धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका प्रमुख सचेतक लिलाधर भट्टले सरकारी सुविधा बापत पाएको गाडी फिर्ता गरेका छन् ।

swostik

भट्टले प्रमुख सचेतकको हैसियतमा पाएको गाडी बुधबार प्रदेशसभालाई फिर्ता गरेका हुन् । भट्टले स्वकीय सचिव परमानन्द भट्टमार्फत आफूले प्रयोग गरिरहेको पाएको सु प प्र ०१ ००१ ०४३४ नम्बरको स्कारपियो जिप प्रदेशसभा सचिवालयमा बुझाएका हुन् ।

प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैसीलाई गाडीको चाबी बुझाइएको हो । भट्टले गाडी बुझाएको अधिकारी जैसीले पुष्टि गरेका छन् । उनकाअनुसार भट्टले सचिवालयबाट पाएको ल्यापटप पनि फिर्ता गरिदिएका छन् ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...