धनगढीमा राष्ट्रपतिको समर्थनमा अनेरास्ववीयु र राष्ट्रिय युवा संघ नेपालको प्रर्दशन

Nisharg hospital
krishi add

५ असोज, धनगढी । राष्ट्रपति विद्यादेवी भण्डारीको समर्थनमा धनगढीमा पनि प्रर्दशन गरिएको छ ।

नेकपा एमाले सम्बद्ध अनेरास्ववीयु र राष्ट्रिय युवा संघ नेपालको नगर कमिटिले धनगढीमा प्रर्दशन गर्दै नागरिक विद्येयक राष्ट्रपतिले प्रमाणीकरण नगरेर राष्ट्रियताको रक्षा गरेको भन्दै प्रर्दशन गरिएको हो ।

swostik

प्रर्दशनमा उत्रिएका विद्यार्थी र युवाहरुले धनगढीको पार्क मोर्डमा राष्ट्रपतिको कदमको स्वागतमा दीप प्रज्वलन समेत गरेको छ । प्रर्दशनका क्रममा उनीहरुले नागरिकता बेच्न पाइदैन, प्रधानमन्त्री शेरबहादुर देउवा मुर्दावाद जस्ता नाराबाजी पनि गरेका थिए ।

प्रतिनिधिसभाले दोस्रो पटक पारित गरेर पठाएको नागरिकता विद्येयक राष्ट्रपति भण्डारीले प्रमाणित नगरेर बिताएपछि उनको पक्ष विपक्षमा देशका विभिन्न ठाउँमा दिनभर जसो प्रर्दशन भएका छन् ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...