कैलालीमा भारतबाट फर्किएकै दिन श्रीमतीको हत्या, छोरी गम्भीर घाइते

spa1
Nisharg hospital

६ असोज, धनगढी । कैलालीमा एक महिला हत्या गरेको अवस्थामा मृत फेला परेकी छन् । गौरीगंगा नगरपालिका–५ मा अन्दाजी ३२ वर्षीया ललिता नामजाली मगर हत्या गरेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । उनकी १७ वर्षीया छोरी गम्भीर घाइते छन् ।

swostik

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) रविन्द्र पाण्डेले ललिता बिहीबार बिहान हत्या गरेको अवस्थामा भेटिएको पुष्टि गरे । धारिलो हतियार प्रहारबाट १७ वर्षीया छोरीलाई धारिलो हतियार प्रहार गरेर घाइते छन् ।

kailali model

उनको घाँटीमा धारिलो हतियार प्रहार गरिएको बताउदै अहिले सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको डीएसपी पाण्डेले बताए । प्रारम्भीक अनुसन्धानबाट  ललिताको हत्या उनका ३४ वर्षीय श्रीमान शेरबहादुर नामजाली मगरले गरेको खुलेको उनले बताए ।

adv khaptad

रोजगारीका सिलसिलामा भारतमा रहेका शेरबहादुर बुधबार मात्र घर फर्किएको बुझिएको बताउँदै उनले घटनापछि फरार भएकाले खोजी भइरहेको जानकारी दिए । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...