कैलालीमा भारतबाट फर्केकै दिन श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

Nisharg hospital

६ असोज, धनगढी । कैलालीमा बिहीबार बिहान भएको हत्या घटनाका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । गौरीगंगा नगरपालिका–५ की ३२ वर्षीया ललिता नाम्जाली मगरमाथि कुटपिट गरेर हत्या गर्ने उनका श्रीमान ३४ वर्षीय शेरबहादुर नाम्जाली मगरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) रविन्द्र पाण्डेले शेरबहादुरलाई गौरीगंगा नगरपालिका–५ कै अण्डैयाको कोहलपुरबाट पक्राउ गरिएको जानकारी दिए । डीएपी पाण्डेकाअनुसार अहिले उनलाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने काम भइरहेको छ ।

बुधबार भारतबाट घर फर्किएका नाम्जाली मगरले राती श्रीमतीमाथि कुटपिट गरेर हत्या गरेको प्रहरीले जनाएको छ तर हत्या गर्नुको कारण भने अहिलेसम्म खुल्न सकेको छैन ।

शेरबहादुरकै धारिलो हतियार प्रहारबाट १७ वर्षीया छोरी लक्ष्मीको टाउको र घाँटीमा गम्भीर चोट लागेको छ भने १२ वर्षीय छोरा विजय नाम्जाली समान्य घाइते छन् ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...