वीर अस्पताल नजिकका फार्मेसीमा महानगरले चलायो डोजर, अब पार्क बनाइने

cp new add
Nisharg hospital
suchana
Nast new

६ असोज, काठमाडौं । महानगरपालिकाले वीर अस्पतालअगाडि संचालन हुँदै आएका फार्मेसीमा डोजर चलाएको छ ।

महानगरले वीर अस्पतालले भाडामा लगाउँदै आएको औषधि पसलको संरचनामाथि आज दिउँसो डोजर चलाएको हो । अनधिकृत संरचना हटाउन आजसम्म समय दिए पनि नहटाइएकोले डोजर चलाउनुपरेको महानगरले जनाएको छ ।

फार्मेसी सञ्चालन भएका ठाउँमा बगैंचा (पार्क) बनाउने भनिएकोमा फार्मेसी चलाएको पाइएपछि महानगरले डोजर चलाएको छ ।

वीर अस्पतालले नक्सा पास गर्दा बगैंचा बनाउने भनेको जग्गामा फार्मेसी सञ्चालनमा देखिएपछि मेयर बालेन शाहको सचिवालयका सदस्य, कुमार व्यञ्जनकारले नक्सामा पार्क बनाउने भने पनि ती जग्गामा फार्मेसी चलाएको पाइएकोले हटाइएको जानकारी दिए ।

‘अहिले जुन ठाउँमा औषधि पसल राखिएको छ । त्यो ठाउँमा पार्क भनेर नक्सामा उल्लेख गरिएको छ,’ उनले भने ।

यसअघि २०७६/०७७ मा नै वीर अस्पतालले उक्त जग्गा खाली गराउन खोजेको थियो । वीर अस्पतालकै आग्रहमा महानगरले डोजर चलाएको उनले बताए । यहाँ ६ वटाभन्दा धेरै फार्मेसी सञ्चालनमा थिए । अब यो ठाउँमा बगैंचा निर्माण हुनेछ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...