धनगढीको भाटभटेनी परिसरको पेपे रेष्टुरेन्टसहित दुई होटललाई २–२ लाख जरिवाना

Nisharg hospital

६ असोज, धनगढी । धनगढीको भाटभटेनी सुपर मार्केट परिसरमा सञ्चालनमा रहेको पेपे पिजा रेष्टुरेन्टलाई  दुई लाख रुपैयाँ जरिवाना गरिएको छ । भाटभटेनी सुपर मार्केटले भाडामा दिएको भवनमा सञ्चालन गरिदै आएको पेपे पिजा रेष्टुरेन्टले बजार मूल्य भन्दा झण्डै दोब्बरमा शुल्क लिएको भन्दै वाणिज्य, आपूर्ति तथा संरक्षण कार्यालयले जरिवाना गरेको हो ।

सूचना अधिकारी ललित पन्तले मंगलबार गरिएको अनुगमनका क्रममा ग्राहकहरुबाट पेय पदार्थ र पानीमा बजार मूल्य भन्दा बढि लिएको पाइएपछि भाटभटेनी पेपे पिजा रेष्टुरेन्टलाई दुई लाख रुपैयाँ जरिवाना गरिएको प्रेसपत्रलाई जानकारी दिए ।

उनकाअनुसार धनगढीकै जलशा होटल र रोस्यो घर हस्पीटालीटीलाई पनि दुई÷दुई लाख जरिवाना गरिएको छ । उनीहरुले पनि पानी र पेय पदार्थमा बढि मूल्य लिएको पाइएपछि जरिवाना गरिएको वाणिज्य तथा आपूर्ति कार्यालयले जनाएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...