धनगढीको एसटीएस सिनेमा हलमा प्रेम गीत–३ चल्दाचल्दै रोकिएपछि लफडा

Nisharg hospital

७ असोज, धनगढी । धनगढीको एसटिएस सिनेमा हलमा प्रेम गीत–३ चल्दाचल्दै रोकिएपछि लफडा भएको छ ।

फिल्म चल्दा चल्दै स्क्रिनमा धब्बा देखिएपछि हलभित्र दर्शकहरुले होहल्ला गरेपछि लफडा भएको हो । तीन पटकसम्म बन्द गर्दै सुचारु गर्दा पनि प्रोजेक्टर नबन्दा दर्शक आक्रोशित भएपछि स्थिती नियन्त्रण बाहिर गएको छ ।

swostik

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) वेदप्रकाश जोशीले फिल्म रोकिएपछि दर्शकले होहल्ला गर्दा केहीबेर तनाव सिर्जना भएको जानकारी दिए ।

अहिले एसटीएस सिनेमा हलले टिकट वापतको रकम फिर्ता गरेपछि अवस्था समान्य बनेको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...