कैलालीमा स्वास्थ्यकर्मीलाई पूर्व प्रेमिकाकाे कोठामा श्रीमानले देखेपछि…

Kailali hospital
Nisharg hospital

८ असोज, धनगढी । कैलालीमा एक जना स्वास्थ्यकर्मी पूर्व प्रेमिकामाथि दुव्यर्वहार गरेको आरोपमा पक्राउ परेका छन् । डोटीको सायल गाउँपालिका–१ मा रहेको स्वास्थ्य चौकीका इन्चार्ज भरत भनिने दीर्घ खड्कालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Navjiwan hospital adv

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) वेदप्रकाश जोशीले महिलामाथि दुव्यर्वहार गरेको आरोपमा खड्कालाई पक्राउ गरिएको जानकारी दिए । जोशीकाअनुसार खड्काले आफ्नै स्वास्थ्य चौकीमा कार्यरत महिला कर्मचारीमाथि दुव्यर्वहार गरेको आरोप लागेको छ । उनी खड्काकी पूर्व प्रेमिका समेत रहेको खुलेको छ । ती महिला विवाहित हुन् ।

धनगढीका आएका बेला उनी आफ्नो सहकर्मी समेत रहेकी पूर्व प्रेमिकाको कोठामा गएका बेला उनका श्रीमानले देखेका थिए । सोही क्रममा विवाद हुँदा घटना प्रहरी कार्यालयसम्म पुगेको जिप्रकाले जनाएको छ । विवादका क्रममा उनीहरुबीच कुटाकुट समेत भएको थियो ।

महिलाले खड्काविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता खोजेपनि प्रहरीले प्रमाण नपुग्ने भन्दै अहिले सार्वजनिक कसुर गरेको अभियोगमा मुद्दा चलाएको छ । खड्का जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा छन् ।

याे पनि हेर्नुस्
Loading...