३० हजार अमेरिकी डलरसहित एक जना पक्राउ

cp new add
Nisharg hospital
suchana

काठमाडौं । ३० हजार अमेरिकी डलरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नुवाकोटको ककनी गाउँपालिका–२ पैरेबेशी का ३३ वर्षीय समीर सुनार छन् । उनलाई इलाका प्रहरी कार्यालय टिमुरे, सशस्त्र प्रहरी बल टिमुरे र रसुवा भन्सारको संयुक्त टोलीले २१ असारमा टिमुरेबाट पक्राउ गरेको हो ।

उनले जुत्ताभित्र लुकाएर डलर बोकेको पाइएको प्रहरीले जनाएको छ । पक्राउ परेका सुनारलाई राजस्व अनुसन्धान विभाग हरिहर भवन पठाइएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...