कैलालीमा डेढ सय घर डुबे, प्रदेशका अवरुद्ध राजमार्ग एकतर्फी खुले

cp new add
Nisharg hospital
suchana

धनगढी । लगातारको वर्षापछि आएको बाढी र डुबानका कारण कैलालीमा डेढ सय बढि परिवार प्रभावित भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर बिष्टले पूर्वी कैलालीका भजनी नगरपालिका, जोशीपुर गाउँपालिका र टीकापुर नगरपालिका क्षेत्रमा बाढी तथा डुबानले क्षति गरेको बताए ।

यस्तै, धनगढी उपमहानगरपालिका र कैलारी गाउँपालिकाका केही बस्तीमा समेत क्षति गरेको छ । उनकाअनुसार जिल्लाभर डेढ सय परिवार बाढी तथा डुबानका कारण प्रभावित भएर ७ देखि ८ सय जना मानिसलाई सुरक्षित स्थानमा सारिएको थियो ।

सोमबार दिउँसोदेखि पानी पर्ने क्रम रोकिएका कारण अवस्था सामान्य हुन थालेपछि केही मानिसहरु घर फर्किन थालेका छन् । आइतबार कैलारी गाउँपालिका–९ का १८ वर्षीय अजय राना भुररा नदीमा नुहाउने क्रममा बेपत्ता भएका छन् । यो बाहेक जिल्लामा थप मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

वर्षाका कारण कञ्चनपुरमा पूर्वपश्चिम राजमार्गमा रहेको कल्भर्ट भासिएपछि केहीवेर अवरुद्ध भएको यातायात सेवा सञ्चालनमा आएको छ । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार वैकल्पिक मार्गको प्रयोग गरेर सवारीसाधन सञ्चालनमा ल्याइएको हो ।

यो बाहेक दार्चुला, बैतडी, बझाङ र डडेल्धुरामा अवरुद्ध राजमार्ग एकतर्फी रुपमा सुचारु भएको प्रदेश ट्राफिक प्रहरी कर्यालयले जनाएको छ ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...