८ असोज, धनगढी । धनगढीको राष्ट्र बैँक–क्याम्पस रोड सडकको नाली ट्रक फसेको छ ।
उपमहानगरपालिकाको वडा नम्बर १ स्थित चकमेली चोक नजिकै शनिबार बिहान म १ ख३६३२ नम्बरको ट्रक नालीमा फसेको हो ।
क्षेत्रिय सहरी विकास आयोजनता अन्तरगत निर्माणाधिन शहीदगेट–राष्ट्र बैँक–क्याम्पस रोड सडकमा कल्भर्ट निर्माणको काममा ढिलाइ हुँदा आवातजावतमा सास्ती भइरहेको छ ।
मुख्य सडक निर्माण भइरहेका कारण पूरानो एयरपोर्ट हुँदै बनाइएको पास बाटोबाट गएको ट्रक नालीमा फसेको हो ।