८ असोज, धनगढी । नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वमन्त्री प्रेमबहादुर आले बिरामी भएका छन् ।
चार दिनदेखि नर्भिक अस्पतालमा उपचाररत आलेलाई डेङ्गु संक्रमण भएको उनको निजी सचिवालयले जनाएको छ ।
आलेका स्वकीय सचिव हेमन्त रेग्मीकाअनुसार उनलाई टाइफाइड पनि भएको छ । अहिले उनलाई बेड भर्ना गरिएको छ ।