८ असोज, धनगढी । ६ दिनदेखि हराइरहेका कञ्चनपुरका १७ वर्षीय विपुल जोशी भारतमा भेटिएका छन् ।
वेदकोट नगरपालिका–९ लालपुर बस्ने जोशी भारतमा भेटिएको पारीवारिक स्रोतले जनाएको छ ।
मानसिक स्वास्थ्य ठीक नभएका जोशी भारतको आग्रामा भेटिएपछि उनका बुवा मोहनदेव जोशीले नेपालतर्फ ल्याइरहेका छन् । जोशी आइतबारदेखि बेपत्ता थिए ।