मनास्लुको हिमपहिरोमा फसेका व्यक्तिको उद्धारमा समस्या

cp new add
Nisharg hospital
Ban Mantralye

१० असोज, काठमाडौं । मनास्लु हिमालको आधार शिविरमा गएको हिमपहिरोमा फसेका व्यक्तिको उद्धारमा समस्या भएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक केदार खनालका अनुसार अहिलेसम्म उनीहरुको खोजी कार्य हुन सकेको छैन ।

बिहान ८ बजेतिर गएको हिमपहिरोमा परी केही आरोहण दलका सहयोगी र भरिया फसेको खबर आएको तर मौसम प्रतिकुल भएकाले उद्धार गर्न कठिन भएको उनले बताए । ‘त्यो टोलीमा ५ जना शेर्पा रहेको अपुष्ट जानकारी आएको हो । त्यसपछि सञ्चार सम्पर्क हुन सकेको छैन । हामी प्रयास गरिरहेका छौं’ एसपी खनालले भने ।

tourism

हिमपहिरोमा परेकाहरु सामान्य घाइते रहेको जानकारी आएको र उद्धारको प्रयास भइरहेको उनले बताए । ‘दुई वटा हेलिकप्टर आएर स्ट्यान्डबाई बसेका छन्, एउटा आवश्यक पर्दा आउने भनेर काठमाडौं फर्किएको छ,’ खनालले भने, ‘आधिकारिक जानकारी नआउँदा सम्म क्षतिको बारेमा हामी केही भन्न सक्ने अवस्थामा छैनौं ।’

घटना भएलगत्तै सामागाउँ प्रहरी चौकीबाट प्रहरी आधार शिविरतर्फ गएका छन् । तर आधार शिविर बस्तीदेखि टाढा रहेको र खराब मौसमका कारण सञ्चार सम्पर्क स्थापित हुन नसकेको प्रहरीले जनाएको छ ।

मनास्लु हिमालको तेस्रो र चौथो आधार शिविरको बीचमा हिमपहिरो गएको हो । पहिलो र दोस्रो आधार शिविरमा रहेका शेर्पा र आरोहण दलका सहयोगीले उद्धारको प्रयास गरिरहेका छन् ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...