११ असोज, धनगढी । सामाजिक कार्यमा सक्रिय युवाहरु आवद्ध संस्था हेल्प फर हेप्पीनेसको सातौँ वार्षिकोत्सवको अवसरमा बालबालिकालाई सहयोग गरिएको छ । हेप्पीनेसको वार्षिकोत्सवको अवसरमा सुदूरपश्चिम प्रदेश समितिले धनगढीको मिलनचोकमा रहेको न्यू लाईफ मिसनमा आश्रीत बालबालिकाहरुलाई सहयोग गरेको हो ।
न्यू लाईफ मिसनमै आयोजित औपचारिक कार्यक्रममा संस्थाले त्यहाँ आश्रीत १६ जना अनाथ बालबालिकालाई न्यानो लुगा, खाद्यान्न र शैक्षिक सामाग्री हस्तान्तरण गरेको हो । वार्षिकोत्सवकै अवसर पारेर संस्थाले सचेतना कार्यक्रम पनि गरेको छ ।
सचेतना कार्यक्रममा न्यू लाईफ मिसनका अध्यक्ष मनोज आचार्यले प्रेरणादायी प्रशिक्षण दिएको हेल्प फर हेप्पीनेसले जनाएको छ । उनले मान्छेले आफूलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा केन्द्रीत भएर प्रशिक्षण दिएका थिए ।
संस्थाका सुदूरपश्चिम प्रदेश संयोजक रहेका घनश्याम भण्डारीको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि न्यू लाईफ मिसनका अध्यक्ष आचार्य थिए । कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक भण्डारीले हेप्पीनेसले सबैको साथ, सहयोगले संस्थाले सात बसन्त पूरा गरेको बताउँदै अगामी दिनमा पनि सबै क्षेत्रबाट सहयोग पाउने अपेक्षा गरेका छन् ।
भण्डारीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै दुर्घटना, शल्यक्रिया तथा विभिन्न गम्भीर रोगका कारणले गम्भीर भएका व्यक्तिलाई संस्थाले ८१ पटक आकस्मिकसहित १०४ पिन्ट रक्तदान गरेको विवरण पनि सार्वजनिक गरेका छन् । अन्य सामाजिक कामहरुलाई समेत संस्थाले निरन्तर रुपमा अघि बढाइरहेको प्रगति प्रतिवेदनमा उल्लेख गरिएको छ ।
प्रदेश संयोजक घनश्याम भण्डारीद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन खुसीका लागि सहयोग भन्ने मर्मका साथ २०७२ सालमा आजैका दिन असोज १९ ९सेप्टेम्बर २७० मा स्थापना गरिएको संस्था आज सातौँ वर्ष पुरा गरि आठौँ वर्षमा प्रवेश गरेको छ । हेल्प फर हेप्पीनेसका वर्तमान अध्यक्ष श्री नविन तिवारीको अगुवाईमा स्थापना गरिएको गठित संस्था हाल देशका विभिन्न प्रदेशहरुमा शााखाहरु स्थापना गर्न सफल भएको छ । जहाँ विभिन्न क्षेत्रका हामी युवाहरु क्रियाशिल र आवद्ध छौं । अब म सातौँ बार्षिकोत्सव समारोहमा हामीले वर्षभरी गरेका कामहरु तपाईहरु समक्ष प्रस्तुत गर्ने अनुमती चाहान्छु । १.दुर्घटना शल्यक्रिया तथा विभिन्न रोगका कारण रगत अभाव भएका बिरामीहरुका लागि सुदूरपश्चिमका विभिन्न अस्पतालहरु ग्रि ५७ जना बिरामीहरुको लागि ८१ पिन्ट इमर्जेन्सी समेत गरेर १०४ पिन्ट ब्लड व्यवस्थापन गर्दै “रक्तदान जीवनदान को नारालाई साकार बनाउन केही हदसम्म सफल भएका छौँ । २.स्वास्थ्य शिक्षा सरसफाई ट्राफिक नियम लगायतका सामाजिक र राष्ट्रिय महत्वका विषयहरुमा जनचेताना मुलक कार्यक्रमहरु गर्दै विभिन्न सवारी साधन चालक, सहचालकका समस्या र गुनासाहरु सुनी सम्बन्धित निकायहरुमा पुर्याउनमा र दुर्घटना न्यूनीकरण गर्न सकिने सुझावहरु संकलन गरि ट्राफिक प्रहरी कार्यालयमा बुझाएका छौंँ । आशा छ सुझावहरु चाडो भन्दा चाडो कार्यान्वयनमा आउने छन् । ३. छाडा पशु चौपायाहरुको निःशुल्क औषधी उपचारका कार्यक्रमहरुलाई निरन्तरता दिएका छौँ । छाडा पशु तथा निम्न स्तर भएका र औषधी उपचारमा समस्या भएका किसान दाजुभाइहरुका २५ भन्दा बढी पशुहरुको निःशुल्क औषधी उपचार गरेका छौँ भने आपतकालीन अवस्थामा रहेका र चोट पटक लागेर घाईते भएका केही पशुहरुको उद्दार गरि गौशाला लगायत सुरक्षित स्थानमा पुगाउनमा सहयोग गरेका छौँ । यसकार्यको लागि ज्ँज् इमर्जेन्सी भेटेरेनरी टिमका संयोजक राधाकृष्ण खडायत ज्यप्रती विशेष आभारी छौँ । ४.कृषि, पशुपालन, नर्सरी, पोल्ट्री फार्म सम्बन्धि किसानहरुको क्षमता अभिबृद्धि सम्बन्धी कार्यक्रमहरुलाई निरन्तरता दिदै कृषकहरुको जिवनस्तर उकास्नमा सहयोग गर्ने कार्यक्रमहरुलाई निरन्तरता दिएका छौँ भने HFH एग्रीकल्चर टिम मार्फत विभिन्न किसान दाजुभाइ तथा दिदिबहिनीहरुका फलफूल तरकारी खेती लगायत विभिन्न बालिनालिमा लाग्ने रोग किराको जानकारीको लागि सिजन अनुसारको बालिनालीको जानकारी मुलुक सन्देशहरु किसान समक्ष पुर्याउने, खेतीपाती सम्बन्धि ज्ञान बाड्ने कार्यहरुलाई निरन्तरता दिरहेको छौँ । ५. सुदूरपश्चिम लगायत देशका विभिन्न अस्पतालहरुमा उपचाररत असहाय, आर्थिक अवस्था कमजोर भएका बिरामी तथा परिवारका सदस्यहरुलाई औषधी उपचारमा सहयोग गर्ने कार्यक्रमहरुलाई निरन्तरता दिएका छौँ । सुदूरका विभिन्न अस्पतालमा आउने र HFH को सम्पर्कमा आएका अति बिपन्न ६ जना बिरामीको औषधी उपचारमा सहयोग गरेका छौं । यसकार्यको लागि सहयोग पुरयाई महत्वपूर्ण भुमिका निभाउनु हुने धनगढी लगायतमा सञ्चालित संस्थागत तथा प्राइभेट अस्पतालहरु प्रती HFH परिवार आभारी छौँ । ६. HFH सदस्यहरुको जन्मदिनको अवसरमा विभिन्न अनाथालय अन्त्यन्त गरिब, दिन दुःखि तथा असहाय व्यक्ति तथा परिवार तथा त्यस्ता व्यक्ति आश्रीत संस्थाहरुलाई सहयोग गर्ने कार्यक्रमहरुलाई निरन्तरता दिएका छौँ । ७ व्यक्तिगत स्वतन्त्रता मानव बेचबिखन महिला तथा बालअधिकारका बिषयहरुमा खोज अध्ययन तथा अनुसन्धान गर्ने कार्यहरुलाई निरन्तरता दिएका छौँ भने त्यसैगरि धर्म कला संस्कृती भाषा भेषभुषाको खोज अध्ययन अनुसन्धान र सम्बद्र्धन गर्ने कार्यहरुलाई निरन्तरता दिएका छौं । ८. संस्थाको उदेश्य अनुरुप सान्त र समृद्ध समाज निर्माणका लागि व्यवहारिक र शिक्षामुलक कार्यक्रमहरुलाई निरन्तरता स्वरुप HFH motivational Team अन्तर्गत ज्ञान बाडौं ज्ञान बढाऔ अभियान लाई निरन्तरता दिएका छौँ । ९. मानसिक स्वास्थ्य सम्बन्धी परामर्श सेवालाई HFH motivational Team अन्तर्गत ल्याएर निरन्तरता दिने कार्य गरेका छौँ । जस अन्तर्गत आज सम्म ७ जनाले मानसिक स्वास्थ्य सम्बन्धी सेवा लिनु भएको छ भने केही लिने क्रममै हुनुहुन्छ भने केही सामान्य भइसक्नु भएको छ । १०. जनचेतना मुलक सन्देश प्रवाहको लागि प्रत्यक्ष कुराकानी तथा विभिन्न विशेष दिन पर्व दिवमा लगायतको अवसर पारी Facebook live मार्फत सन्देश प्रवाह गर्ने कार्यक्रमहरुलाई निरन्तरता दिएका छौँ । ११. इमर्जेन्सी तथा गरिब दिन दुःखीहरुको लागी न्यून तथा अवस्था हेरेर निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने कार्यहरूलाई पनि निरन्तरता दिएका छौँ । १२. गरिब जेहनदार तथा उत्कृष्ट विद्यार्थीहरुको लागि “HFH छात्रवृत्ति अन्तर्गत छात्रवृत्ति प्रादान गर्ने कार्यको सुरुवात गरेका छौँ । १३. संस्थाको कार्यक्षेत्र भित्र रहेका विविध पुरातात्विक र सांस्कृतिक धरोहरहरुको संरक्षण सम्बद्र्धन गर्दै त्यस क्षेत्रको पर्यटकिय विकासको लागि सामाजिक सञ्जाल मार्फत प्रचार प्रचार गर्ने गराउने कार्यहरुलाई निरन्तरता दिएका छौँ । १४. स्वास्थ्य सेवा सुधारको लागि आफै पनि लाग्ने र त्यस्तो कार्य गर्नको लागि सत्याग्रमै बसेर मागको सुनुवाइ गराउन सरकार लाई बाध्य बनाउन प्रयास गर्ने आदरणीय व्यक्तित्वहरुको हक हितको लागि साथ र समर्थन गर्ने कार्यहरलाई पनि निरन्तरता दिएका छौँ । अन्त्यमा हाम्रो सात वर्षको यात्रामा संस्थालाई सामाजिक उत्तरदायित्वप्रती समर्पित गर्दै अहोरात्र निःस्वार्थ साथ सहयोग र हौसला प्रदान गर्नु हुने तथा सेवामा अनवरत रुपमा खटिनुहुने आदरणीय संस्थाका सदस्य ज्यूहरु, संस्था लाई आर्थिक तथा मनवीय रुपमा सहयोग पुरयाउनु हुने सम्पूर्ण आदरणीय व्यक्तित्वहरू, नागरिक समाजका अगुवा स्वास्थ्यकर्मी, पत्रकार ज्यूहरु, प्रहरी प्रशासन लगायत यहाँहरु सम्पुर्ण आदरणीय व्यक्तित्वहरुलाई धेरै धेरै धन्यवाद तथा आभार व्यक्त गर्दछु । अगामी दिनमा समेत यसरी नै निःस्वार्थ रुपले सामाजिक सेवाको कामलाई निरन्तरता दिने बाचा गर्दै बिजया दशमी, शुभ दिपावली तथा छठ पर्वको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै आफ्ना वार्षिक प्रगति विवरण मनतव्य यही टुङ्ग्याउने अनुमती चाहान्छु । धन्यवाद । |