वाह कञ्चनपुर प्रहरी ! एक रात पनि हिरासतमा बसेनन् अवैध काठवाला ८ जना

Nisharg hospital

१२ असोज, धनगढी । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले मंगलबार सञ्चार माध्यमलाई इमेल मार्फत वेवारिसे अवस्थाको अवैध काठ बरामद सम्बन्धी सूचना पठाएको छ । उक्त सूचनामा इलाका प्रहरी कार्यालय झलारीबाट प्रहरी नायब निरीक्षक उदयसिंह खडायतको कमाण्डमा खटिएको टोलीले कृष्णपुर नगरपालिका–९ को पिपरीयाको आमबगियाबाट ६० क्युफिट सालको अवैध काठ बरामद गरेको उल्लेख छ ।

प्रहरीले आमबगियामा लुकाईछिपाइ राखेको अवस्थामा वेवारिसे भेटिएको सो काठ आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय पिपरीयामा बुझाइएको जनाएको छ । तर प्रहरीले इमेलमार्फत पठाएको सूचना झुठ्ठा भएको दाबी गरिएको छ ।

इलाका प्रहरी कार्यालय पिपरीयाका प्रमुख समेत रहेका प्रहरी नायब निरीक्षक खडायत नेतृत्वको टोलीले सोमबार राति १० बजेतिर चार वटा डल्लबमा ल्याउँदै गरेको अवस्थामा ८ जनासहित काठ बरामद गरेको स्थानीय बताउँछन् । तर प्रहरीले पक्राउ परेका मानिसहरुलाई आर्थिक चलखेल गरेर रातारात छाडेको आरोप लागेको छ ।

kailali udhog

‘इप्रकाका असई साबले राति चार वटा डल्लबमा ल्याउदै गरेको अवस्थामा ओसारपसारमा संलग्न ८ जना मान्छे समेत पक्राउ गर्नुभएको थियो । तर समाचारमा त्यो काठ वेवारिसे अवस्थामा बरामद गरिएको भनिएको छ,’ एक स्थानीयले प्रेसपत्रसँग भने, त्यो सरासर झुठो हो । प्रहरीले आर्थिक चलखेलमा नियन्त्रणमा लिएका गोरुसहित ती मान्छेलाई छाडेर काठलाई वेवारिसे बनाएको छ ।’

ती स्थानीयका भनाईमा अवैध काठ ओसारपसारमा संलग्न व्यक्तिलाई इप्रका प्रमुख खडायतले नै आर्थिक चलखेलमा छाडेका हुन् । यो विषयमा बुझ्न जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर शाहलाई सम्पर्क गरिएपनि उनको फोन उठेन ।

इप्रका पिपरियाका प्रमुख प्रहरी नायब निरीक्षक(सई) उदयसिंह खडायतले सुरुमा काठ वेवारिसे अवस्थामा बरामद गरिएको दाबी गरे । तर तपाईले स्थानीयसँग जिल्ला प्रहरी कार्यालयमा खबर गर्ने बेला मानिसहरु डल्लबसहित भागेको भन्नुभएको रहेछ नी ? भन्दा उनले आफ्नो बचाउ गरे ।

‘त्यहाँ केही मान्छेहरु खोलामा माछा मारिरहेका थिए । तीनीहरुकै संलग्नता हो की भनेर भनिएको हो त्यसो रहेनछ,’ खडायतले भने । उनले आफूले डल्लब नदेखेको दाबी गरेका छन् ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...