एसईई आइडल सिजन ४ को तेस्रो अडिसन सम्पन्न

cp new add
Nisharg hospital
suchana

धनगढी। प्रदेश स्तरीय नृत्य तथा गायन विधाको प्रतियोगिता एसईई आइडलको चौथो संस्करणको तेस्रो अडिसन आज आयोजना गरिएको छ ।

तेस्रो अडिसन कंञ्चनपुरको पुनरवास नगरपालिका–२ मा सरस्वती माविमा आयोजना गरिएको हो। सरस्वती माविमा सम्पन्न अडिसनमा १२ जना प्रतिस्पर्धी विद्यार्थीहरुको सहभागिता रहेको थियो। जसमा ९ जनाले गायन र ३ जनाले नृत्यमा प्रतिस्पर्धात्मक सहभागिता जनाएका थिए।

गत वर्ष तीन संस्करणको भव्य सफलतापछि सुरु भएको एसईई आइडलको चौथो संस्करणको सुपका ९ जिल्लाका ३० भन्दा बढी स्थानहरुमा अडिसनहरुमा आयोजना गरिनेछन्। यस वर्ष एसईई दिने विद्यार्थीहरुले अडिसनमा सहभागी हुन पाउनेछन्।

यस वर्ष पनि गत वर्र्ष जस्तै नृत्य र गायन प्रतिभाहरुले आफ्नो प्रतिभा प्रदर्शन गर्न पाउनेछन्। यस वर्षको फाल्गुनसम्म सुपमा ९ जिल्ला भरि नै अडिसन प्रतियोगिताहरु संचालन हुनेछन्। जहाँबाट नृत्य र गायन विधाका उत्कृष्ट ३०–३० जना प्रतिस्पर्धिहरुले २०८२ बैशाखमा हुने दोस्रो चरणमा प्रवेश पाउनेछन् भने दोस्रो चरणमा उत्कृष्ट हुने नृत्य र गायन विधाबाट १५–१५ जना प्रतिस्पर्धीहरुले २०८२ असार १ गते हुने फाईनलमा प्रवेश पाउनेछन्।

फाईनलबाट दुवै विधामा १–१ जना विजेता र १–१ जना उपविजेता बन्नेछन्। दुवै विधाका विजेता र उप विजेताले क्रमशः७५–७५ हजार र ३०–३० हजार सहित कक्षा ११ र १२ मा पूर्ण छात्रवृत्ति पाउनेछन्। साथै दुवै विधाका उत्कृष्ट ५ भित्र पर्ने अन्य प्रतिस्पर्धिहरुले कक्षा ११–१२ मा आंशिक छात्रवृत्ति पाउनेछन्। थप अडिसन स्थलहरुको खोजी भईरहेकोले यस प्रतियोगिता सहभागी हुन ईच्छुक विद्यार्थी  तथा विद्यालयहरुलाई सम्पर्क गर्न आयोजकले जानकारी गराएको छ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...