थापाथलीस्थित वागमती नदीमा जल सतह सतर्कता तह पार

cp new add
Nisharg hospital

काठमाडौं । काठमाडौंको थापाथलीस्थित वागमती नदीमा जल सतह सतर्कता तह पार गरेको छ । लगातारको वर्षाका कारण वागमती नदीमा पानीको बहाव बढेसँगै थापाथली क्षेत्रमा जल सतह सतर्कता तह पार गरेको हो।

नदी किनार आसपासका क्षेत्रमा पानीको बहाव बढेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। वर्षा अझै जारी रहेकाले वागमती नदीको जल सतह थप बढ्न सक्ने सम्भावना रहेको भन्दै नदी किनारमा नजान र सुरक्षित रहन आग्रह गरिएको छ।

वागमती नदी किनारमा सशस्त्र प्रहरी बल नेपालले माइकिङ गर्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । सशस्त्र प्रहरीले नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा नजान, साथै बालबालिका, ज्येष्ठ नागरिक र अशक्त व्यक्तिहरूमाथि विशेष निगरानी राख्न सर्वसाधारणलाई अनुरोध गरेको छ ।

विपद् तथा आपतकालीन अवस्था आइपरेमा सशस्त्र प्रहरी बल नेपालको टोल फ्रि नम्बर १११४ तथा आपतकालीन कार्यसञ्चालन केन्द्रको १२३४ मा सम्पर्क गर्न आग्रह गरिएको छ । सशस्त्र प्रहरीले विपद्को समयमा आफू सुरक्षित रहँदै अरूलाई पनि सुरक्षित राख्न सबैमा अनुरोध गरेको छ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...