जीप दुर्घटना हुदा ८ जनाको मृत्यु

cp new add
Nisharg hospital

१२ असोज, दाङ । सल्यानको कपुरकोटमा जीप दुर्घटनामा मृत्यु हुने ८ जनाकै खनाखत भएको छ ।

Nast Ad

मृत्यु हुनेमा कपुरकोट गाउँपालिका–६ जलबाँङका २१ वर्षीय चालक जीतबहादुर बोहोरा, ३७ वर्षीय धर्मा वली, ४० वर्षीय टोपबहादुर ओली, ११ वर्षीय बसन्त वली, ३० वर्षीय सुरेश खत्री, ७० वर्षीय खुमलाल वली, ५५ वर्षीया कुमारी वली र ३५ वर्षीय ललित वली रहेका छन् ।

८ जनाका घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता सन्तोष खनालले जानकारी दिए ।
मृत्यु हुने सबै एउटै गाउँका बासिन्दा थिए ।

बाँकेको ढकेरीबाट बिहेको भोज खाएर फर्कंदै गर्दा रा१ज ५६३ नम्बरको जीप सल्यान कपुरकोट–३ मुलपानीमा बिहान ३ बजे दुर्घटना भएको थियो ।

दुर्घटनामा सख्त घाइते भएका कपुरकोट गाउँपालिका–६ जलबाँङका ३५ वर्षीय तिलक वली रहेका छन् । उनको उपचार दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा भइरहेको छ ।
जीप १५० मिटर तल खसेको छ । जीपमा ९ जना सवार थिए ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...