पश्चिम सेती आयोजनाको सर्भे लाइसेन्सको माग गर्दै भारतीय कम्पनी एनएचपीसी

cp new add
Nisharg hospital

१२ असोज ,काठमाडौं । भारतीय कम्पनी एनएचपिसी लिमिटेडले ७५० मेगावाट क्षमताको पश्चिम सेती आयोजनाको सर्भे लाइसेन्स माग गर्दै लगानी बोर्डमा आवेदन दिएको छ। कम्पनीले हिजो मंगलबार लगानी बोर्डका प्रमुख अधिकृत सुशील भट्ट समक्ष आवेदन बुझाएको हो।

Nast Ad

नेपाल सरकारले यस अघि नै ७५० मेगावाट क्षमताको पश्चिम सेती आयोजना र ४५० मेगावाट क्षमताको सेती नदी -६ जलविद्युत आयोजना अध्ययन र निर्माणको जिम्मा भारतीय कम्पनी एनएचपीसीलाई सुम्पिएको हो।

यसअघि लगानी बोर्डले ७५० मेगावाट क्षमताको पश्चिम सेती र ४५० मेगावाट क्षमताको सेती नदी -६ संयुक्त जलविद्युत परियोजनाको विकासको लागि अध्ययन गर्न भारतीय कम्पनी एनएचपिसीसँग गरिने समझदारीपत्र स्वीकृत गरेको थियो। एनएचपिसी भारत सरकारकोको स्वामित्व रहेको कम्पनी हो।

आयोजना निर्माण अनुमति पाएर लामो समयसम्म काम नगरेपछि सरकारले यी आयोजना चिनियाँ कम्पनी चाइना थ्री गोर्जेजबाट खोसेको थियो।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...