press
po

सीमावर्ती क्षेत्रमा प्रहरीमाथि तस्कर समूहको आक्रमण

cp new add
Nisharg hospital
dhanga
Rubic

‎सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिका-५ रामनगर कोदरकट्टीस्थित नेपाल-भारत सीमा क्षेत्रमा पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी चौकीका इन्चार्ज असई प्रदीपकुमार बिष्टमाथि आक्रमण गरेको छ।

sanjiwan
Nisharg

‎शनिबार साँझ भारतबाट विस्फोटक पदार्थ (पटका) ल्याउँदै गरेको अवस्थामा बोदेबरसाईन नगरपालिका–३ का रामदुलार यादवलाई प्रहरीले पटाकासहित नियन्त्रणमा लिएको थियो। पक्राउ परेका यादवलाई छुटाउन पुगेको समूहले प्रहरीमाथि आक्रमण गरेको सप्तरी प्रहरीले जनाएको छ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara
Nav

‎प्रहरीले यादवको साथबाट करिब एक लाख १७ हजार रुपैयाँ बराबरको पटका बरामद गरेको छ। पक्राउ परेका यादवलाई इलाका प्रहरी कार्यालय कडबोनामा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी रूपक खड्काले जानकारी दिए।

HAMRO DAIRY

‎घटनामा संलग्न रहेको आरोप लागेका देवकुमार यादवसहित अन्य व्यक्तिको खोजी भइरहेको उनले बताए। घटनामा संलग्न कसैले पनि उन्मुक्ति नपाउने भन्दै उनीहरूको पहिचान र पक्राउका लागि प्रहरी परिचालन गरिएको एसपी खड्काले बताए।

‎यसअघि पनि सोही रामनगर कोदरकट्टी प्रहरी चौकीमा कार्यरत प्रहरीमाथि तस्करीको विषयलाई लिएर आक्रमण भएको थियो । गत असारमा पनि सोही चौकीका तत्कालीन इन्चार्ज असई रामकुमार यादवमाथि तस्कर समूहले कुटपिट गरेको थियो।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...