





विराटनगर महानगरपालिका–३ निवासी खत्रीको शव शनिबार दिउँसो केराबारीस्थित धारापानी जङ्गलमा फेला परेको हो।
मोरङ प्रहरीका अनुसार स्थानीयले जङ्गलमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचनाका आधारमा घटनास्थल पुगेको प्रहरी टोलीले शव फेला पारेको मोरङका प्रहरी प्रमुख एसपी कवित कटवालले जानकारी दिए। एसपी कटवालका अनुसार खत्री शुक्रबार दिउँसो करिब १ बजे स्कुटर लिएर घरबाट निस्किएका थिए।
खत्री ६ वर्ष जर्मनी र केही वर्ष दुबईमा बसेर नेपाल फर्किएका थिए। स्वदेशमै स्वरोजगारमूलक व्यवसाय गर्ने उद्देश्यले उनले विराटनगरको गोल्छा चोक र पिपल चोकमा पिजफायर रेस्टुरेन्ट सञ्चालन गरेका थिए।
उनका निकटस्थका अनुसार व्यवसायमा कठिनाइ आएपछि उनी निराश थिए। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।






