बाजुरामा मन्दिर प्रवेश गरेको निहुँमा दलितमाथि कुटपिट, वडाध्यक्ष प्रहरी खोरमा

Nisharg hospital

१३ असोज, धनगढी । बाजुरामा मन्दिर प्रवेश गरेको भन्दै दलित समुदायका एक जनामाथि निर्घात कुटपिट गरिएको छ । त्रिवेणी नगरपालिका–७ को नाटेश्वरी मन्दिरमा नवरात्रको पुजा गर्न बसिरहेका बेला बुढिगंगा नगरपालिका घर भएर कञ्चनपुर बस्दै आएका टेकेन्द्र सुनारमाथि कुटपिट गरिएको प्रहरीले जनाएको छ ।

Navjiwan hospital adv

बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) सुर्यबहादुर थापाले त्रिवेणी नगरपालिका–७ का वडाध्यक्ष जुद्धबहादुर अयडीको संलग्नतामा आफूमाथि मन्दिर प्रवेश गरेको निहुँमा कुटपिट गरिएको भन्दै सुनारले निवेदन दिएका छन् ।

उनको निवेदनका आधारमा वडाध्यक्ष अयडीलाई सोधपुछका लागि नियन्त्रणमा लिएको डीएसपी थापाले जानकारी दिए । कुुटपिटमा संलग्न रहेका सोही ठाउँका रंगप्रसाद उपाध्याय र बिनोद ऐडी फरार रहेकाले उनीहरुको खोजी भइरहेको छ ।

डीएसपी थापाकाअनुसार पीडित सुनारले उनीहरुले आफूसँग भएको ६० हजार रुपैयाँ समेत लुटेर लगेको दाबी गरेका छन् । घटनाबारे थप अनु

याे पनि हेर्नुस्
Loading...