धनगढी । कैलालीमा रड प्रहारबाट एक जना घाइते भएका छन् ।
गएराति ११ बजेर २५ मिनेट लम्कीचुहा नगरपालिका-२ गणेशपुरका ३० वर्षीय याेगेश ढकाल रड प्रहारबाट घाइते भएको प्रहरीले जनाएको छ ।
सामान्य वादविवादमा ढकाललाई स्थानीय लालबहादुर रावतले रड प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बाेहाराले बताए ।
रड प्रहारबाट घाइते भएका ढकालकाे लालरत्न अस्पतालमा उपचार भइरहेको छ ।