
धनगढी उपमहानगरपालिका–३ स्थित सब्जी मण्डीमा विद्युत् सर्ट भएर फेन्सी पसलमा आगलागी भएको छ।
धनगढी–४ बस्ने २७ वर्षीय रजत गुप्ताले सञ्चालन गरेको फेन्सी पसलमा बिहीबार राति आगलागी भएको हो। आगलागीबाट भएको क्षतिको विवरण भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

