
धनगढी । कञ्चनपुरको बेदकोट नगरपालिका–१० सिसैयाबाट अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने २८० मिलिग्राम पदार्थसहित एक युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सोही ठाउँका २६ वर्षीय निराजन ठकुराठी रहेका छन्। उनलाई बिहीबार दिउँसो प्रहरी चौकी सुडाबाट खटिएको टोलीले उक्त पदार्थसहित पक्राउ गरेको हो।

