
धनगढी । धनगढीमा तस्करी गरिरहेको अवस्थामा साढे ६ लाख बढिकाे अवैध सामान बरामद गरिएको छ ।

धनगढी उपमहानगरपालिका-३ काे राजघाट पुल नजिकैबाट बिहीबार राति अवैध रूपमा ल्याइरहेका विभित्र कम्पनीका माेबाइलमा प्रयाेग हुने ६ लाख ४४ हजार बराबरको कभर बरामद गरिएकाे प्रहरीले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयकाे प्रोभेन्स इन्टेलिजेन्स टीम’ (पीआईटी) र अस्थायी प्रहरी पाेष्ट चटकपुरकाे टाेलीले अवैध रूपमा ल्याइरहेका सामान बरामद गरेकाे हाे ।

प्रहरीकाअनुसार बरामद गरिएका अवैध माेबाइल कभर आवश्यक कारवाहीका लागि कैलाली भन्सार कार्यालयमा बुझाइने प्रहरीले जनाएको छ ।
