बझाङमा जिउँदै कुकुर नदीमा फाल्ने महिला धरौटीमा छुटिन्

cp new add
Nisharg hospital

धनगढी । बझाङमा जिउँदै कुकुरलाई सेती नदीमा फालेको भिडियो भाइरल भएपछि पक्राउ परेकी महिला धरौटीमा छुटेकी छन् ।

जयपृथ्वी नगरपालिका–३ पडेस बस्ने ४२ वर्षीया बिमला देवी रोकायालाई जिल्ला प्रशासन कार्यालयले धरौटीमा छाडेको प्रहरीले जनाएको छ ।

रोकायाले जयपृथ्वी नगरपालिका–१०, चैनपुरस्थित पानकोट पुलबाट सेती नदीमा कुकुरलाई फालिरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

घरमा आफैले पालेको कुकुर बिरामी भएर मानिसलाई टोक्न थालेपछि बाध्य भएर नदीमा फालिएको उनले बताएकी थिइन् ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...