खाल्डोमा जमेको पानीमा डुबेर एक बालकको मृत्यु

cp new add
Nisharg hospital

सप्तकोशी नदीको बिच भागमा अवस्थित सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१३ गोबरगढामा खाल्डोमा जमेको पानीमा डुबेर पाँच वर्षीय बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय सुरेश यादवका छोरा विवेक यादव रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार शुक्रबार दिउँसो करिब १२ बजे घरबाट करिब एक किलोमिटर दक्षिणतर्फ रहेको चौरमा खेल्ने क्रममा बालक खाल्डोमा जमेको पानीमा डुबेका थिए ।

पानीमा डुबेका बालकलाई उद्धार गरी घरमा लगिएको थियो । घरमा लग्दा उनको मृत्यु भइसकेको अवस्थामा स्थानीयवासीले प्रहरीलाई जानकारी गराएका थिए । घटनाबारे हनुमाननगर कङ्कालिनी नगरपालिका–१३ का वडाध्यक्ष कुशेश्वर यादवले दिउँसो प्रहरीलाई जानकारी गराउनुभएको थियो ।

जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय सप्तरीबाट प्रहरी निरीक्षक अनिल साहको नेतृत्वमा अनुसन्धानका लागि प्रहरीको प्राविधिक टोली घटनास्थलतर्फ पठाइएको प्रहरी नायव उपरीक्षक घिमिरेले बताउनुभयो ।

सप्तकोशी नदीको बीच भागमा अवस्थित गोबरगढा क्षेत्र पछिल्लो समय नदीमा पानीको बहाव बढेसँगै बाढीको उच्च जोखिममा रहेको छ । नदीको बहाव बढिरहेका कारण स्थानीयवासीलाई नदी तथा पानी जमेको खाल्डाखुल्डी आसपासमा सावधानी अपनाउन आग्रह गरिएको छ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...