कञ्चनपुरमा विप्लव निकट विद्यार्थी बाेकेकाे बस दुर्घटना, २९ जना घाइते

cp new add
Nisharg hospital
suchana

धनगढी । कञ्चनपुरमा विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टी निकट नेता तथा विद्यार्थी बाेकेकाे बस दुर्घटनामा परेकाे छ ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत शुक्लाफाँटा नगरपालिका-११ काे वनहरा पुल नजिकै ना४ ख ७७५५ नम्बरको बस दुर्घटना हुँदा २९ जना घाइते भएको प्रहरीले जनाएकाे छ ।

उनीहरू मध्ये दुई जनाकाे अवस्था गम्भीर रहेकाे जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) चक्रराज जाेशीले बताए ।

दुर्घटनामा परेको बस धनगढीबाट नेपाल कम्युनिस्ट पार्टीकाे भेलामा सहभागी भएर फर्किरहेका विद्यार्थी र नेता बाेकेकाे बुझिएको उनले बताए ।

घाइतेलाई उपचारका लागि धनगढी पठाइएको छ ।नेपाल कम्युनिस्ट पार्टीकाे प्रदेश कमिटीले धनगढीमा आज भ्रष्टाचार र राेजगारीका लागि भन्दै जनमार्च गरेकाे थियोे ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...